Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

इमान्दार शिक्षकको कथा ‘कौसीद’

इमान्दार शिक्षकको कथा ‘कौसीद’

  • 143
    SHARES
  • इमान्दार शिक्षकको कथा ‘कौसीद’

    काठमाडौं । केही समयअगाडि काठमाडौंमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे ।

    images

    यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ ।

    संस्कृत भाषामा ‘कौसीद’को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो । मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्किएका निर्देशक भाष्करले सिंगो नेपालको समास्यालाई चलचित्रको विषय बनाएका हुन् ।

    केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक भाष्करको यो ठूलो पर्दाका लागि पहिलो काम हो ।

    निर्देशक भाष्करले भने, ‘मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ । छोरालाई उच्च शिक्षा पढाउनुपर्यो, छोरीको विवाह गराइदिनुपर्यो, घर बनाउनुपर्यो, यो बेला सम्झिने भनेको बैंक हो । तर यी सबमा एक इमान्दार शिक्षक एक्लो हुन्छ, त्यहीँ भोगाइ पर्दामा छ । यसलाई मैले दुई वर्ष अगाडि नै लेखेर तयार गरेको थिएँ । अहिले यो समस्या सबैको आँखामा परेको छ । हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ ।’

    चलचित्रले एक शिक्षकको कथा व्यक्त गरेको छ । इमान्दार शिक्षकको भूमिकामा भोलाराज सापकोटा रहेका छन् । उनको श्रीमती ऋचा शर्मा र एक छोरा र एक छोरी छन् । छोरीको जन्मदिन मनाउने क्रममा घरबेटीले भाडाको विषय किचलो गरेपछि शिक्षक परिवारको जोडबलमा ऋण गरेर भ पनि घर बनाउन सफल हुन्छन् ।

    श्रीमती, छोराछोरीको रहर हुँदै गर्दा सालोले बैंकमा चिनजान भएकाले सस्तो ब्याजमा ऋण मिलाइदिने भनेपछि शिक्षक सहमत हुन्छन् ।

    यद्यपि विद्यालयको तलबले घरघर्च टार्न नै धौधौ हुन्छ । इमान्दार भएकाले विद्यालयको विभिन्न निर्माणसम्बन्धी बोलपत्र, शिक्षक नियुक्तिका विषयमा उनले अनैतिक काम गर्दैनन् ।

    यद्यपि बैंकको ब्याज तिर्न नसक्दा उनको नाम नै पत्रिकामार्फत खराब ऋणीको रूपमा प्रकाशित हुन्छ । त्यसपछि ती इमान्दार शिक्षकले के गर्छन् ?भन्ने विषयवस्तु नै चलचित्रमा देखाइएको छ ।

    अभिनेता सापकोटाले भने, ‘यो कथाले आकर्षित गरेर मैले काम गरेको हुँ । यस्ता चलचित्र नेपालमा कमै बन्छन् र बनेकालाई एउटा कलाकारका हिसाबले हामीले हौसला दिनुपर्छ ।’

    चलचित्रमा रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले समेत अभिनय गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology