Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

धावनमार्गमा गुड्दै गरेको जहाजबाट यात्रुले हाम फाले

धावनमार्गमा गुड्दै गरेको जहाजबाट यात्रुले हाम फाले

  • 510
    SHARES
  • धावनमार्गमा गुड्दै गरेको जहाजबाट यात्रुले हाम फाले

    लस एन्जलस । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा ककपिटमा छिर्ने प्रयासपछि गुड्दै गरेको विमानबाट एक व्यक्ति हाम फालेका छन् । ती पुरुषले विमानको ढोका खोलेर आपतकालीन अवस्थामा प्रयोग हुने स्लाइडबाट हाम फालेको संघीय उड्डयन प्रशासनले जनाएको छ । 

    उनलाई विमानस्थलकै ट्याक्सीवेबाट पक्राउ गरेर अस्पताल लगिएको छ । यतिवेला अमेरिकामा उडानका समयमा हुने घटनामा वृद्धि भएको छ । यो वर्ष ३ हजार यस्ता घटनाहरु रेकर्ड भएका छन् । 

    अमेरिकी समयानुसार ७ बजेर १० मिनेटमा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेस उडानमा उक्त घटना भएको हो । उडानका सदस्यहरुले जहाज ट्याक्सीवेबाट धावनमार्ग तर्फ जाँदै गर्दा ती यात्रु आफ्नो सीटबाट उठेको देखेका थिए ।

    उनीहरुका अनुसार आपतकालीन ढोकातिर जानुभन्दा पहिला ककपिटमा छिर्ने प्रयास गरेका थिए । पछि विमान आफ्नो गेटमा फर्कियो । अधिकारीहरुले घटनाबारे अनुसन्धान सुरु गरेका छन् । उड्डयन प्रशासनले यस उडान नियम उल्लंघन गरेको घटना सन् १९९५ देखियता जुन महिनाको सुरुमा सबैभन्दा धेरै भएको बताएको छ । यीमध्ये धेरै घटना अनिवार्य मास्क लगाउनुपर्ने नियमसँग सम्बन्धित थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij