Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाई

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाई

  • 197
    SHARES
  • मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाई

    म्याग्दी । पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो-कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ ।

    सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो ।

    योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार पुगेको छ । कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ ।

    डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो पुुल निर्माणको काम संघीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

    कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते-कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए ।

    उनले भने, ‘पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ । स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषिउपज निकासीमा समस्या भएको छ ।’

    पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो-कुञ्जोसहित जिल्लामा सञ्चालित रु ७५ करोड ५१ लगतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन् ।

    घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा-छैरो पुुल बनाउन २०७६ फागुुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग सात करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो ।

    दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुलको भौतिक प्रगति ३५ प्रतिशत छ । देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुन २९ गतेनै रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते-घुम्पुु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ ।

    विसं २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।

    मुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजना कार्यक्रमअन्तर्गत जोमसोम-ठिनी-ढुुम्बा-छैरो-चिमाङ-मार्फा-स्याङ-जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवती जलजला जेभीसँग २४ करोड ४५ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो । 

    विसं २०८० असोज मसान्तसम्म म्याद भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । दश किलोमिटर पाँच सय मिटर सडकमध्ये ५ दशमलव ५ किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ ।

    विसं २०७६ असारमै ठेक्का सम्झौता भएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ-थिङगर-किमलिङ-च्युुमजुुङु सडकको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ ।

    २४ करोड ४५ हजारमा ठेक्का सम्झौता भएको १० किलोमिटर दूरीको यो सडक ग्राभेल गर्ने काम इमोटल कन्ट्रक्सनले लिएको थियो ।

    दुई पटकसम्म म्याद थप भएको यो आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सवइञ्जिनियर घनश्याम रोकाले बताए ।

    निर्माण व्यवसायीले पर्याप्त मजदुुर र उपकरण परिचालन गर्न, निर्माण सामग्रीको व्यवस्थापन गर्न नसकेका कारण सडक र पुल निर्माणमा ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए ।

    उनले भने, ‘तत्कालीन जिविसले ठेक्का लगाएको योजनासमेत निर्माण सकिएको छैन । अन्नपूूर्ण संरक्षण क्षेत्रको झन्झटिलो र लामो वातावरणीय सर्वेक्षण गर्नुुपर्ने प्रक्रिया, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण पनि विकास आयोजना कार्यान्वयनमा ढिलाइ भएको हो ।’

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जालीले ढिलासुुस्तीले थलिएका पुुल र सडकको मंगलबार र बुधबार अनुगमन गरे ।

    सडक र पुल निर्माणको अवस्था, समस्या पहिचान गरी निर्माणलाई पूर्णता दिनका लागि पहल गर्न निरीक्षण र प्राविधिकसँग छलफल गरेका थिए ।

    मन्त्री जुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गर्न र रोकिएको काम अघि नबढाए धरौटी जफत, कालोसूचीमा राख्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठलाई निर्देशन दिए ।

    उनले भने, ‘स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरेर सहजीकरण गर्नुुहोस् । सहजीकरण गर्दा पनि निर्माण कार्यलाई तीव्रता नदिने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुहोस् ।’

    उनले प्रदेशका आयोजनाका लागि बजेटको अभाव नुहुने र हुन नदिनेसमेत बताए । निर्माण कम्पनी इमोटल कन्ट्रक्सनका प्रतिनिधि सुदीप खड्काले लोमान्थाङको सडक निर्माणमा ढिलासुस्ती हुनुमा कोरोना महामारी, चिसो र हिमपातले छ महिनाभन्दा बढी समय काम गर्न नसकिनु र भौगोलिक विकटता प्रमुख कारण रहेको बताए ।

    ढिलै भए पनि १० किलोमिटर सडक आठ मिटरका दरले फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गर्ने काम सकेको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij