Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तोकिएको तलब नपाएपछि इसीडी शिक्षक आन्दोलित

तोकिएको तलब नपाएपछि इसीडी शिक्षक आन्दोलित

  • 1.4K
    SHARES
  • तोकिएको तलब नपाएपछि इसीडी  शिक्षक आन्दोलित

    काठमाडौं । इसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई संघीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै झापाको भद्रपुर नगरपालिकाविरुद्ध नेपाल शिक्षक महासंघ आन्दोलित बनेको छ ।

    images

    नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले नगरपालिकामा आइतबार ज्ञापन पत्र बुझाएको छ ।

    महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशील ६ वटा पेशागत संगठनका प्रतिनिधिसहितको टोलीले आइतबार नगरपालिका गएर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई दुई बुँदे आन्दोलनका कार्यक्रमसहित ज्ञापन पत्र बुझाएका हुन् ।

    उक्त ज्ञापन पत्रमा महासंघले नगरपालिकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । महासंघले असार १४ गते देखि १८ गतेसम्म नगरपालिका कार्यालयमा दैनिक दुई-दई घण्टा धर्ना दिने जनाएको छ । त्यति गर्दा पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ ।

    नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले विभिन्न शीर्षकवाट प्राप्त हुने कर समयमा प्राप्त हुन नसकेकोले साढे ६ करोड रुपैयाँ घाटा बजेट रहेको बताउँदै मागप्रति छलफल गरेर वार्ताबाट समस्याको समाधान निकालिने बताइन् ।

    नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलले संघीय सरकारले हचुवाको भरमा तलब वृद्धिको बजेट ल्याएको बताउँदै सरकारले तोकेको तलवलाई स्थानीय तहले कार्यान्वयन गर्न नसक्ने बताए ।

    सरकारले १५ हजार रुपैयाँ सम्पूर्ण विद्यालय कर्मचारी, कार्यालय सहयोगी तथा बाल शिक्षकलाइ प्रदान गर्ने निणर्य पारित गरेको थियो । नगरपालिकाले यही असार ९ र १० गते सम्पन्न नगर सभाबाट बाल शिक्षकहरूको तीन हजार र कर्मचारीहरुको दुई हजार मात्र बृद्धि गर्ने निर्णय गरेको थियो ।

    झापाका सबै स्थानीय तहहरूले संघीय सरकारको बजेट वक्तव्य अनुसार नै तलब वृद्धि गरे पनि भद्रपुर नगरपालिकोकाले मात्र कार्यान्वयन नगर्दा आन्दोलन गर्नु परेको अपिलमा उल्लेख छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology