Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरियाे

साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरियाे

  • 726
    SHARES
  • साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरियाे

    काठमाडौं । साविक विजेता पोर्चुगल युरोकप २०२० को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार राती भएको खेलमा बेल्जियमले पोर्चुगललाई १-० गोलले हरायो । बेल्जियमको जितमा थोर्गन हाजार्डले निर्णायक गोल गरे । ४२ औँ मिनेटमा थोर्गन हाजार्डले डिबक्स बाहिरबाट सेकेण्ड बार च्यापेर गरेको प्रहारमा गोल भएको थियो ।

    गोलकर्ता थोर्गन बेल्जियमका कप्तान इडेन हाजार्डका भाई हुन् । कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डोको प्रेरणामा पोर्चुगल दोस्रो चरण पुगेको थियो । सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने एक्लो खेलाडी बन्न एक गोलले मात्र पछाडि रहेका रोनाल्डो यसपटक सफल हुन सकेनन् ।

    उनले समूहगत चरणमा पाँच गोल गरेका थिए । दोस्रो हाफमा लगातार आक्रमण गरेको पोर्चुगलविरुद्ध बेल्जियमका गोलकिपर थिबाउट कुर्तोइसले शानदार प्रदर्शन गरे । बेल्जियम फिफा वरियतामा हाल पहिलो नम्बरमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij