Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तनहुँमा दैनिक डेंगु संक्रमितको संख्या बढ्दै

तनहुँमा दैनिक डेंगु संक्रमितको संख्या बढ्दै

  • 259
    SHARES
  • तनहुँमा दैनिक डेंगु संक्रमितको संख्या बढ्दै

    तनहुँ । तनहुँमा दैनिक डेंगु संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ । करिब दुई महिनाअघि देखि फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन ।

    जिल्लामा हाल छ हजार चार सय ८४ डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । डेंगु संक्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ ।

    व्यास नगरपालिकामा मात्रै पाँच हजार चार सय १५ डेंगु संक्रमित रहेका छन । व्यासको सबैभन्दा बढी व्यास-१ मा एक हजार चार सय ३०, वडा नं-२ मा एक हजार तीन सय ४९, वडा नं-३ छ सय ३१, वडा नं-४ मा नौ सय ५४, वडा नं-५ मा दुई सय ५९, वडा नं-६ मा ९२ र वडा नं-७ मा ७४ जना रहेका हुन ।

    त्यसैगरी, वडा नं-८ मा १४, वडा नं-९ मा ७५, वडा नं-१० मा एक सय ८२, वडा नं-११ मा एक सय ६३, वडा नं-१२ मा ७०, वडा नं-१३ मा ८४ र वडा नं-१४ मा ३४ जना संक्रमित रहेका छन ।

    संक्रमित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष संक्रमित भएका छन । कूल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्यांकमा उल्लेख छ ।

    जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा नौजना संक्रमित भएका छन ।

    वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले घर वरिपरि पानी जम्न नदिने, सुत्दा झूल प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउने जस्ता कुरामा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले बताए ।

    डेंगु संक्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्ने, झोलिलो खाने कुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij