Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे

  • 291
    SHARES
  • कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे
    नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताएका छन ।
     
    आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम सम्बन्धी अभिभुखीकरण कार्यक्रममा उनले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन ।
     
    जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र  युवाहरू पनि कामको सिलसिलामा विदेश जानेक्रम बढेकाले आफ्नै ठाउँमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफलपछि प्रदेशले कृषिलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताए ।
     
    ‘कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफल पछि पहिलो प्राथमिकता कृषिलाई दिएका छौँ, कृषिमा आधारित भएर रोजगारी सिर्जन गर्न सक्छौँ, कृषिमा आधारित उद्योगहरू पनि स्थापना गर्न सक्छौँ, हामीले सोहीअनुसार कार्यक्रम गर्दैछौँ’, मुख्यमन्त्री पाण्डेले भने ।
     
    कृषिलाई आधार मानेर फलफूल खेती, आलु खेती, चैते धान बालीसहित अन्य नगदे तरकारी खेतीका कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री पाण्डेले बताए । गण्डकी प्रदेश सरकारले कृषि उत्पादनलाई बढाउन अहिले उत्पादनको आधार र अनुदान उपलब्ध गराउने नीति लिइएको उनको भनाइ थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij