वेबटिभी खबर
काठमाडौं । टर्की र अजरबैजानले सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । दुवै देशको यो मिलिट्री ड्रिल अजरबैजानमा भइरहेको छ । यस अभ्यासका लागि ट्यांक, ड्रोन र हेलिकप्टर तयार पारिएको छ ।
रुसको समाचार एजेन्सी आरआइएले अजरबैजानको रक्षा मन्त्रालयलाई उधृत गर्दै यसबारे जानकारी दिएको हो । गत वर्ष नागार्नो काराबाख क्षेत्रमा आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा टर्कीले अजरबैजानलाई साथ दिएको थियो ।
अजरबैजानको नागार्नो काराबाख क्षेत्र सन् १९९० को दशकदेखि नै आर्मेनियाको नियन्त्रणमा थियो । यसैकारण यी देशबीच युद्ध भएको थियो । साथै जुनको सुरुवातमा दुवै देशबीच सैनिक क्षेत्रमा सहयोग बढाउने विषयमा सहमति पनि भएको छ ।
गत वर्ष सेप्टेम्बरदेखि छ सातासम्म चलेको युद्धमा छ हजारबढी मानिस मारिएका थिए । अर्मेनियाले नागोर्नो काराबाखमा आफ्नो एक भाग गुमाउन परेको थियो । युद्धपछि त्यहाँ लगभग २ हजार रुसका शान्ति सेना तैनाथ छन् ।
दुवै देश ४४०० वर्गकिलोमिटरमा फैलिएको नागोर्नो काराबाख क्षेत्र कब्जा गर्न चाहन्छन् । यस क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको भए पनि त्यहाँ अर्मेनियाको जातीय समूहले ओगटेको छ । सन् १९९० मा त्यहाँका बासिन्दाले अजरबैजानबाट अलग भएर अर्मेनियाको समावेश भएको स्वघोषणा गरेका थिए, तर अजरबैजानले यसलाई अस्वीकार गर्यो ।
नागोर्नो-काराबाख क्षेत्रमा फेरि तनाव, अर्मेनियाका सैनिक अजरबैजानको नियन्त्रणमा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij