Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

  • 223
    SHARES
  • दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

    काठमाडौं । चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

    नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् ।

    त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो ।

    हालसम्म जाजरकोट र रूकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ ।

  • सम्बन्धित विषय:

  • # चीन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij