Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भूकम्प पीडितलाई राहत उपलब्ध गराउने बाग्मती प्रदेशको प्रतिबद्धता

भूकम्प पीडितलाई राहत उपलब्ध गराउने बाग्मती प्रदेशको प्रतिबद्धता

  • 151
    SHARES
  • भूकम्प पीडितलाई राहत उपलब्ध गराउने बाग्मती प्रदेशको प्रतिबद्धता

    मकवानपुर । बाग्मती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितलाई राहत रकम उपलब्ध गराउने भएको छ ।

    बाग्मती सरकारले जाजरकोट र रूकुमपश्चिम गएको भूकम्पपीडित लागि उद्धार र पुनःनिर्माणको लागि राहत स्वरुप एक करोड ५० लाख कर्णाली सरकारमार्फत उपलब्ध गराउने निर्णय भएको बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आपतकालीन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । उक्त रकम आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै कर्णाली सरकारलाई हस्तान्तरण गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

    गएराति जाजरकोट जिल्लाको रामेडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका काराण जाजरकोट र रूकुम पश्चिमलगायतका जिल्लामा ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै भौतिक क्षति भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij