Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

फिलिपिन्समा गोली हानी पत्रकारको हत्या 

फिलिपिन्समा गोली हानी पत्रकारको हत्या 

  • रासस
  • कार्तिक १९, २०८० आइतवार १५:५२ बजे
  • 114
    SHARES
  • फिलिपिन्समा गोली हानी पत्रकारको हत्या 

    मनिला । फिलिपिन्समा आइतबार एक रेडियो प्रसारक पत्रकारलाई स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो । 

    images

    मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए । 

    संदिग्ध बन्दुकधारी अन–एयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली हानेपछि अपराधी भागेको र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो । 

    सन् २०२२ जुनमा राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले पदभार सम्हालेपछि हत्या भएका पत्रकारमा जुमालोन चौथो व्यक्ति भएको नेसनल युनियन अफ जर्नालिस्ट्सले बताएको छ । 

    पत्रकारहरूका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान हो र यहाँ पत्रकारका हत्याराहरू प्राय सजायबाट बच्ने गरेका छन् । 

    राजधानीबाहिर प्राय रेडियो प्रसारक निशानामा पर्ने गरेका छन् । प्रहरी प्रमुख रगिनियोले प्रहरीले हत्याको उद्देश्यको अनुसन्धान गरिरहेको बताए । आफूहरूलाई जुमालोनको जीवन खतरामा रहेको पछिल्लो अवस्थाबारे थाहा नभएको उनले स्पष्टिकरण दिएका छन् । ‘उहाँ धेरैजसो समसामयिक घटनाहरूलाई प्राथमिकता दिनुहुन्थ्यो र आफ्नो प्रसारणमा उहाँले कसैलाई आलोचना गरेको थाहा थिएन,’ रगिनियोले भने । 

  • सम्बन्धित विषय:

  • # गोली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology