Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

इथियोपियाली सरकारद्वारा युद्धविरामको घोषणा

इथियोपियाली सरकारद्वारा युद्धविरामको घोषणा

  • 754
    SHARES
  • इथियोपियाली सरकारद्वारा युद्धविरामको घोषणा

    आदिस अबाबा । इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दाबी गरेका छन् । 

    यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन, बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ । मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो । 

    मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन् । टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमवारदेखि आउन थालेका हुन् ।

    टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाएका थिए । टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेली आफ्नो नियन्त्रणमा आएको एएफपीसँगको कुराकानीमा दाबी गरे । अन्तरिम सरकारका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग मिकेलीबाट सरकारी सेना पछि हटेको पुष्टि गरेका छन् ।

    यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेर्रेसले प्रधानमन्त्री अबीसँग सोमवार कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिसहरूसम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्री अबीलाई आग्रह गरे । 

    संयुक्त राष्ट्र संघले ५० लाखभन्दा बढी मानिस खाद्यान्न सहायताको पर्खाइमा रहेको र ३ लाख ५० हजार मानिसले भोकमरीको सामना गरिरहेको जनाएको छ। इथियोपियामा द्वन्द्वरत सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लंघनको आरोप लागेको छ ।

    इथियोपियामा सरकारी फौजहरूबाट मिकेलीलगायतका ग्रामिण क्षेत्रलाई विद्रोहीको कब्जाबाट फिर्ता लिने क्रममा महिला तथा किशोरीहरूमाथि बलात्कार तथा दुर्व्यवहारका घटनाहरू भइरहँदा त्यहाँका नागरिकले टिग्रे पीपल्स लिबरेसन फ्रन्टलाई सहयोग गरेका कतिपय स्थानीयले बताएका छन् ।

    सेनाले किशोरीहरूमाथि बलात्कार र मानवीय दुर्व्यवहार गर्ने गरेको र प्रतिकार गर्न खोज्नेको हातखुट्टा नै काटिदिनेजस्ता अमानवीय व्यवहारहरू गर्नेगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

    द्वन्द्वग्रस्त टिग्रे क्षेत्रका ५६ हजार बालबालिका चरम भाेकमरीकाे संकटमा द्वन्द्वग्रस्त टिग्रे क्षेत्रका ५६ हजार बालबालिका चरम भाेकमरीकाे संकटमा इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप  इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप  द्वन्द्वग्रस्त टिग्रे क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फर्कन थाले  द्वन्द्वग्रस्त टिग्रे क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फर्कन थाले  टिग्रेका युद्धपीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान टिग्रेका युद्धपीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij