वेबटिभी खबर
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह आइतबार विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले बताए ।
मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उता स्थानीय र साहको परिवारले हत्या भएको दावी गर्दै प्रदर्शन गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij