Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

  • 179
    SHARES
  • उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

    काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुगेका छन ।

    भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिएका उपप्रधानमन्त्री खड्का आज बिहान जाजरकोट सदरमुकाम खलंगालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहेका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताए ।

    ‘सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।’

    उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्यांक आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुने बताए ।

    केही राहत सामग्री आइसकेको र थप सामग्री आउने क्रममा रहेको जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिए ।

    सो अवसरमा भूकम्प प्रभावित जनताले आफूहरुले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको भन्दै उपप्रधानमन्त्री खड्कासँग पुनःस्थापनाको काम छिटो गरिदिन आग्रह गरेका थिए ।

    ‘सरकारले भूकम्पपीडितको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको र अब राहत विरतणलाई तीव्रता दिन्छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘राहत वितरण लगत्तै पुनःनिमार्णको काम सुरु हुन्छ ।’

    उपप्रधानमन्त्री खड्का पछिल्लो तीन दिनदेखि भूकम्प प्रभावित क्षेत्रमै रही स्थलगत निरीक्षण, उद्धार, राहत वितरणलगायतमा निरन्तर खटिएका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij