Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित

एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित

  • रासस
  • कार्तिक २२, २०८० बुधवार १२:१३ बजे
  • 113
    SHARES
  • एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित

    सिड्नी । एक करोडभन्दा बढी अस्ट्रेलियाली बुधबार फोन र इन्टरनेट सेवाबाट बञ्चित भए । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटामा अवरोधका कारण यस्तो अवस्था आएको हो । 

    images

    अज्ञात कारणले भएको गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरूलाई केही समयका लागि रोकियो । 

    सिंगापुरको दूरसञ्चार कम्पनी सिंगटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन । ‘हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्,’ कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भने, ‘मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।’

    रोजमरिनले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै संकेत दिएनन् । ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो । छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घन्टा लाग्न सक्ने बताएको छ । अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ । 

    एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घन्टासम्मा व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो । 

  • सम्बन्धित विषय:

  • # इन्टरनेट सेवा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology