Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

  • 154
    SHARES
  • भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

    काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् ।

    व्यक्तिगत तथा संघसंस्थामार्फत संकलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ ।

    कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार संघको तर्फबाट ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

    उनले भने, ‘पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।’ चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता संघको तर्फबाट उक्त कोषमा एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिए ।

    उनले भने, ‘हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।’

    चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिए ।

    यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक सांगीतिक कार्यक्रम (कन्सर्ट)बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij