वेबटिभी खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ ।
प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा.चन्द्रकला घिमिरे रहेको कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij