Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनए स्वास्थ्य शिविर

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनए स्वास्थ्य शिविर

  • 260
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रमा एनआरएनए स्वास्थ्य शिविर

    काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । 

    गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाका अनुसार संघले शनिबार निम्ना गाउँ, जाजरकोटमा सो शिविर गर्ने तयारी गरेको हो ।

    संघले मेडिकल, स्वास्थ्य र मानसिक स्वास्थ्य सहायता उपलब्ध गराउन लागेको हो । बिहान १० बजेदेखि सुरु हुने सो शिविरमा डा. भूपेन्द्र मल्ल, डा.प्रभात अधिकारी र डा.समीक्षा मल्लको चिकित्सकहरूको टोली खटिएको छ । 

    यसअघि संघका अध्यक्ष डा. बद्री केसीको टोलीले सो क्षेत्रमा भूकम्पबाट प्रभावितहरुको लागि राहत सामग्री वितरण गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij