Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

तलब बढाउन माग गर्दै इसीडी शिक्षक धर्नामा

तलब बढाउन माग गर्दै इसीडी शिक्षक धर्नामा

  • 3.8K
    SHARES
  • तलब बढाउन माग गर्दै  इसीडी  शिक्षक धर्नामा

    काठमाडौं । इसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ झापा भद्रपुर नगरपालिका कार्यालयमा आज मंगलबारदेखि धर्नामा बसेको छ । 

    images

    नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । पत्रको वेवास्ता गरेपछि बाध्यात्मक रूपमा धर्नामा बसेको हो । 

    महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशील ६ वटा पेशागत संगठनका प्रतिनिधिसहितको टोलीले आइतबार नगरपालिका गएर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई दुई बुँदे आन्दोलनका कार्यक्रमसहित ज्ञापन पत्र बुझाएका थिए ।

    महासंघले मंगलबारदेखि असार १८ गतेसम्म नगरपालिका कार्यालयमा दैनिक दुईरदई घण्टा धर्ना दिने जनाएको छ। त्यति गर्दा पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology