वेबटिभी खबर
बिहार । बिहारको किसनगन्ज जिल्लामा सिंघीमारी कन्काई नदीको पलसा घाटमा एक बेहुलाले आफ्नी बेहुली काँधमा लिएर नदी पार गराएका छन् । त्यहाँको लोहागाडा गाउँबाट जन्ति विवाहका लागि पलसा गाउँ पुगेका थिए । पलसा नेपालसँग सीमा जाेडिएकाे गाउँ हो ।
सीमावर्ती क्षेत्र भएका कारण त्यहाँ अहिलेसम्म पुल बन्न सकेको छैन ।
त्यहाँ सम्म जानका लागि ६ महिना डुंगा र ६ महिना पुलको सहारा लिनुपर्छ । ती जन्तिले नदीकाे केही भाग डुंगाबाट तरे र डुंगा नपुग्ने ठाउँमा पैदलै नदी पार गर्न लागे । बेहुलीलाई नदी तार्ने जिम्मा बेहुलाले लिए । उनले काँधमा बोकेर बेहुलीलाई नदी पारी पुर्याए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij