Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

  • 178
    SHARES
  • भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग

    काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् ।

    चेक हस्तान्तरणका अवसरमा संघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताए ।

    जाजरकोट, रूकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको संघले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij