Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गाडिको नक्कली ब्लुबुक बनाउने गिरोह पक्राउ 

गाडिको नक्कली ब्लुबुक बनाउने गिरोह पक्राउ 

  • 973
    SHARES
  • गाडिको नक्कली ब्लुबुक बनाउने गिरोह पक्राउ 

    काठमाडौं । नेपाल प्रहरीले चोरीका गाडिको नक्कली ‘ब्लुबुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । 

    महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल ल्याएर नक्कली काजगातका साथै नक्कली ‘ब्लुबुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

    भन्सार छलेर ल्याइएका चोरकिा गाडिको नक्कली सवारी दर्ता किताव लगायतका कागजात बनाएर बिक्री हुने गरेको सूचनाका आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट सुरु गरेको अनुसन्धानले ब्लुबुक बनाउनेसम्मलाई पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिए ।

    policepakrau1.jpg

    यसरी नक्कली कागजात बनाएर चोरीको गाडि बिक्रि गरेको अभियोगमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागँुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला पक्राउ परेको प्रहरीले जनाएको छ । 

    पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होलो ग्राम, लाइसेन्स, राहदानी लगायतका सामाग्री बरामद भएको खापुङले बताए । पक्राउ गरिएका सबैलाई हिरासतमा लिएर थप अनुसन्धानको काम भइरहेको खापुङले जानकारी दिए । 

    policepakrau3.jpg
    यस्तै प्रहरीले इटली पठाइदिन्छु भनेर तीनजनासँग ३१ लाख ५० हजार लिएर अजरवैजानसम्म पुर्याइ बिचल्ली बनाएको आरोपमा उदयपुर घर भइ बुढानिलकण्ठ बस्ने उमेश रेग्मीलाई पनि पक्राउ गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij