नयाँ दिल्ली। प्रहरीले चोर समात्ने गरेको त सुनिएकै हो । तर भारतको गुजरातमा चोरी आरोपमपा पाँच जना प्रहरी नै पक्राउ परेका छन् । शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनकै केही व्यक्तिको गैरजिम्मेवार गतिविधिले संगठनकै छवि धमिल्याएको छ ।
गुजरातको महिसार जिल्लामा यस्तो घटना भएहो हो । प्रहरीहरु मिलेर साँढे २ लाख रुपैयाँ बराबरको मदिरा र दर्जनौं पंखा चोरी गरेका हुन । यो घटनामा प्रहरीको असिस्टेन्ट सर्कल इन्स्पेक्टरसहित ५ जना पक्राउ परेका छन् । चोरी गरिएका मदिराका सयौं बोतल र दर्जनौं टेबुल पंखा बरामद भएका छन् ।
चोरी भएका ४८२ बोतल मदिरा र ७५ टेबुल फ्यान बरामद भएको त्यहाँका प्रहरी अधिकारीहरुले जानकारी दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
चोरीएको मदिराका बोतल र पंखा प्रहरी चौकीमा रहेको महिला लकअपमा राखिएको अवस्थामा भेटिएको त्यहाँका डीएसपी पीएस भल्वीले बताए । चोरीका मदिरा र पंखा राख्ने ठाउँ भरिएपछि महिला थुन्ने लकअपमा ती सामान राखिएको पक्राउ परेका प्रहरीले बताएका छन् ।
चोरीको बेलामा चोरीमा संलग्न प्रहरीले सिसिटिभी क्यामेरा बन्द गर्ने प्रयास गरेका थिए । केही बेर सिसिटिभी बन्द पनि भएको अनुसन्धानका क्रममा देखिएको छ । तर पनि चोरीका घटना सिसिटिभीमा कैद भएको थियो । सिसिटिभी फुटेजमा प्रहरीले राति सवा १० बजेतिर रक्सीका बोतल बोकेर बाहिर निस्केको देखिएके छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology