काठमाडौं । १३ औं संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
आज भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । योसँगै अष्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकप उपाधि आफ्नो नाममा पारेको छ ।
फाइनलमा भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । अष्ट्रेलियाका लागि ट्र्भिस हेडले शतकीय इनिङ खेले । १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्कासहित १३७ रन बनाउन सफल भए ।
यस्तै मार्नस लाबुशेनले अविजित ५८, मिचेल मार्शले १५, डेविड वार्नरले ७ र स्टिभ स्मिथले ४ रन जोड्न सफल भएका थिए । भारतका लागि मोहम्मद शामी, मोहम्मद सिराज र जसप्रीत बुमराहले मात्र एक÷एक विकेट लिन सके ।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २४० रनमा अलआउट भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology