Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु

  • 120
    SHARES
  • दुर्घटनामा तीन जनाको मृत्यु

    त्रिवेणी । रूकुमपश्चिममा आज छुट्टाछुट्टै सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको जीप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका-९ हासिवाङकी ६५ वर्षीया कमला खड्का मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

    images

    खड्का मगरलाई सानीभेरी गाउँपालिका-९ खारखोलास्थित मध्यपहाडी राजमार्गमा आइतबार साँझ अल्फाबेट नखुलेको ४२८८ नंको मोटरसाइकले ठक्कर दिँदा घाइते भएका थिए ।

    उनलाई चौरजहारी अस्पतालले थप उपचारका लागि आइतबार नै प्रादेशिक अस्पताल सुर्खेत पठाएको र आज उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

    सोही ठाउँकै मोटरसाइकल चालक यमराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।  आज जीप दुर्घटनामा गम्भीर घाइते हुनभएका ओलीको उपचारका क्रममा चौरजहारी अस्पताल र सपना बुढाको १७ महिलाको छोरा प्रतीक बुढाको एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा मृत्यु भएको थियो ।

    घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चार जनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

    बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी-८ गइरिजिउलामा लु१ज २२९७ नंको जीप दुर्घटनामा परेको थियो ।

    जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो ।

    दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology