Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

गगन थापाकाे सुझाव–सरकारले नागरिकमा देखिएको असन्तुष्टि समाधान गर्नुपर्छ

गगन थापाकाे सुझाव–सरकारले नागरिकमा देखिएको असन्तुष्टि समाधान गर्नुपर्छ

  • 201
    SHARES
  • गगन थापाकाे सुझाव–सरकारले नागरिकमा देखिएको असन्तुष्टि समाधान गर्नुपर्छ

    चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । 

    चितवनमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै थापाले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने बताए ।

    ‘जनतामा अहिले असन्तुष्टि बढ्दै गएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर आफ्नो बदनियत पुरा गर्ने मनसाय कतिपयले राखेका छन् । नागरिक असन्तुष्टि कम भए पनि बदनियत राख्नेको स्वर र संख्या स्वतः घट्दै जान्छ ।’

    उनले गणतन्त्रमा आम नागरिकले यो व्यवस्था ठीक छैन भनेर आफ्नो विचार राख्न पाउने उल्लेख गर्दै प्रचलित कानुनको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न सबैले पाउने बताए । 

    ‘कसैलाई व्यवस्था मन पर्दैन भने मलाई यो व्यवस्था मन पर्दैन भन्न पाउनुपर्छ,’ उनले भने, ‘तर प्रचलित कानुनको सीमाभित्र बसेर सबैले आफ्नो अधिकारको प्रयोग गर्ने हो ।’

    थापाले हाल देशमा देखिएको आर्थिक समस्या समाधान गर्न सकेमा व्यवस्था विरुद्ध उठेका आवाजहरु निस्तेज भएर जाने जिकिर गरे । देशमा देखिएको आर्थिक समस्याका विषयमा प्रधानमन्त्रीले सबै दलसँग परामर्श सुरु गरेको उनले बताए । सत्तारूढ दल र विपक्षमा रहेका सबै दलहरुसँग मंगलबारबाट छलफल प्रारम्भ भएको जनाउँदै उनले यो छलफललाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने उल्लेख गरे ।

    ऋण लिएर सदुपयोग गर्दासमेत समस्यामा परेका व्यवसायीहरुका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij