Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ : झलनाथ खनाल

गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ : झलनाथ खनाल

  • 174
    SHARES
  • गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ ।

    भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो । पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत एक सय युवाले  श्रमदान गर्नेछन् ।

    पार्टीका शीर्षनेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्प प्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

    फरक प्रसंगमा नेता खनालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा विचार व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij