वेबटिभी खबर
काठमाडौं । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका–४ वेल्हीस्थित सीमा ईलाकाबाट गएराति एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्रको बोर्डर आउन पोष्टको टोलीलाई देखेर मोटरसाइकलमा भारततर्फ जाँदै गरेका व्यक्तिले कपडाको पोका फालेर भागेका थिए । कपडाको पोका खोलेर हेर्दा एक थान पेस्तोल र गोली बरामद भएको हो ।
बरामद कटुवा पेस्तोल तथा गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको छ । फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ र
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij