Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

दाउपेचका लागि मात्र विप्लव समूहसँग सहमति गरेको हो भने सबैका लागि घातक हुन्छः झलनाथ खनाल  [अन्तर्वार्ता] 

दाउपेचका लागि मात्र विप्लव समूहसँग सहमति गरेको हो भने सबैका लागि घातक हुन्छः झलनाथ खनाल  [अन्तर्वार्ता] 

  • 1.6K
    SHARES
  • दाउपेचका लागि मात्र विप्लव समूहसँग सहमति गरेको हो भने  सबैका लागि घातक हुन्छः  झलनाथ खनाल  [अन्तर्वार्ता] 

    बिहीबार (२० फागुन) नेपाल कम्युनिस्ट पार्टी वृत्तमा दुईवटा प्रमुख परिघटना देखा परे । एउटा सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको पार्टीबीच तीन बुँदे सहमति । अर्को चाहिँ केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेल र माधवकुमार नेपाल पक्षका नेता घनश्याम भुषालबीच पार्टी एकताको प्रयासका लागि सिंहदरबारमा छलफल । हामीले यी विषयमा नेकपाका वरिष्ठ नेता भलनाथ खनालसँग संक्षिप्त कुराकानी गरेका छौं: 

    images

    पार्टी एकताका लागि नेता पोखरेल र भुषालबीच भएको छलफलको सन्देश के हो ? 

    पार्टी एकताका लागि उहाँहरूले गर्नु भएको प्रयास सकारात्मक छ । पार्टी एक भएरै अघि जानुपर्छ भन्ने छलफलको जोडका रूपमा बुझ्नुपर्छ । 

    एकताका सम्बन्धमा तपाईंको धारणा के हो ?

    म भन्दै आएको छु, पार्टी एकतावद्ध हुनुपर्छ, सबै एक हुनुपर्छ । मैले र हामी सबैले यही भन्दै आएका छौं ।

    प्रतिनिधिसभा विघटनपछि नेकपाका नेताबीच दूरी बढेको अवस्थामा अब नेकपा कसरी अगाडि बढ्छ ?

    हामी सबैसँग एकता गर्ने पक्षमा छौं । एकता गरेर विश्वासका साथ नेकपा अगाडि बढ्छ । हामीसँग एकताको विकल्प छैन ।  

    सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाबीच आज तीनबुँदे सहमति भएको छ, यो परिघटनाबारे तपाईंको बुझाइ ?

    सरकारले कुनै दाउपेचका लागि विप्लव समूहसँग सहमति गर्न लागेको हो भने त्यो हामी सबैका लागि घातक हुन सक्छ ।

    कुनै पनि राजनीतिक पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु सकारात्मक उपलब्धी हो । सरकारले विप्लवसँग सहमतिका नाममा अनावश्यक दाउपेच गर्नु हुँदैन ।

    यदि दाउपेच गर्नकै लागि सरकारले यो सहमति गरेको हो भने त्यो सहमति दुई दिन पनि टिक्दैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology