Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

यात्रुसँग बढी भाडा असुल्ने ८ जना पक्राउ

यात्रुसँग बढी भाडा असुल्ने ८ जना पक्राउ

  • 1.1K
    SHARES
  • यात्रुसँग बढी भाडा असुल्ने ८ जना पक्राउ

    काठमाडौं । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
    जारी निषेधाज्ञाको समयमा यात्रुहरू समस्यामा पर्नसक्ने र ठगिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले परिचालन गरेको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    काठमाडौंबाहिर जाने यात्रुबाट तोकिएभन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट साथै चावहिल र कोटेश्वरबाट १/१ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिमबहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दीपनारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन् ।

    उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ ।
    काठमाडौबाट बा १६ च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाइली पक्राउ परेका छन् । रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए ।

    यस्तै चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रतिव्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षका झनकबहादुर घिमिरेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशालामा बुझाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    निषेधाज्ञाको मौका छोप्दै बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि १६ वैशाखबाट जारी निषेधाज्ञादेखि हालसम्म उपत्यकाबाहिर जाने यात्रुहरूसँग तोकिएको भन्दा आठ गुणासम्म बढी भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij