वेबटिभी खबर
काठमाडौं । जनमत पार्टीले शुक्रबारदेखि संगठन विस्तार तथा अधिवेशनको कार्यक्रम सुरु गरेको छ ।
पार्टीको सांगठनिक काम कारबाहीलाई अगाडि बढाउन, संगठनलाई सशक्त बनाउन मंसिर १५ देखि बैशाख ३० गतेसममको कार्यतालिका सार्वजनिक गरेको हो ।
पार्टीका प्रवक्ता डा सरदसिंह यादवका अनुसार मंसिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्नेछ ।
फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पुर्याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको यादवले जानकारी दिए ।
पार्टी सचिव विपी साहले बिहीबार बसेको सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको बताए । डा सिके राउतको नेतृत्वमा जनमत पार्टी स्थापना भएपछि यसको दोस्रो अधिवेशन गर्न लागिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij