Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

ट्रकको ठक्करबाट एककाे मृत्यु, तीन घाइते

ट्रकको ठक्करबाट एककाे मृत्यु, तीन घाइते

  • 126
    SHARES
  • ट्रकको ठक्करबाट एककाे मृत्यु, तीन घाइते

    तनहुँ । ट्रकले ठक्कर दिँदा आज तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका-९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् ।

    दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

    मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र ६ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ट्रक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology