Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विजयी भावमा संसद पुगे प्रधानमन्त्री मोदी

विजयी भावमा संसद पुगे प्रधानमन्त्री मोदी

  • 156
    SHARES
  • विजयी भावमा संसद पुगे प्रधानमन्त्री मोदी

    नयाँ दिल्ली । भारतको चार वटा राज्यमा भएको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले राम्रो मत ल्याएसँगै आगामी चुनावमा केन्द्र सरकार पनि भाजपाकै हुने आकलन सुरु भएको छ ।

    भारतीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन सोमबार संसद भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेशसँगै भाजपाका सांसदहरुले अबको सरकार पनि मोदी नेतृत्वको हुने भन्दै नाराबाजी गरे । तीन राज्यमा भाजपाले बहुमतसहित जित हासिल गरेको भन्दै सांसदहरुले मोदीको स्वागतमा ताली बजाउँदै झण्डै पाँच मिनेटसम्म नारा लगाएका थिए । मोदी भने विजयी भावमा मन्द मुस्कानमा देखिएका थिए ।

    अहिले भएको विधानसभाको चुनावलाई सन् २०२४ मा हुने केन्द्रीय चुनावको लागि शुभ संकेतको रुपमा भाजपाले हेरेको छ । मोदीले भाजपाको जितको श्रेय पार्टीका कार्यकर्ता र जनतालाई दिएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij