Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

राजस्थानमा राजपूत सेनाका प्रदेश अध्यक्षको दिउँसै गोली हानी हत्या

राजस्थानमा राजपूत सेनाका प्रदेश अध्यक्षको दिउँसै गोली हानी हत्या

  • 100
    SHARES
  • राजस्थानमा राजपूत सेनाका प्रदेश अध्यक्षको दिउँसै गोली हानी हत्या

    नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा मंगलबार दिउँसै राष्ट्रिय राजपूत करणी सेनाका प्रदेश अध्यक्ष सुखदेव सिंह गोगामेडीको गोली हानी हत्या भएको छ ।

    images

    सुखदेव सिंहलाई उनको श्यामनगरस्थित घरमा दिउँसाे २ बजे गोली हानिएको थियो । स्कुटर चढेर आएका दुई युवा केहीबेर सुखदेवसँगै बसेर भलाकुसारी गरेपछि अचानक गोली हानेर भागेका थिए ।

    सुखदेव सिंहलाई दुई वटा गोली लागेको छ । उनलाई तत्कालै मानसरोवरस्थित मेट्रो मास अस्पताल लगिएको थियो । चिकित्सकले उपचार सुरु गरेको केही समयपछि उनको मृत्यु भएको घोषणा गरे ।

    सुखदेव सिंहमाथि गोली प्रहार गर्दा त्यहाँ रहेका अजित सिंहलाई पनि गोली हानिएको थियो । उनी पनि गम्भीर घाइते भएका छन् । सुखदेवमाथि गोली चलाउँदै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । त्यहाँ सुखदेवका अतिरिक्त चार जना देखिन्छन् । जसमध्ये एक जना अजित सिंह हुन । बाँकी दुई जनाले गोली नै चलाएका थिए भने अर्का एक जना पनि गोली चलाउने समुहका भएको आशंका गरिएको छ ।

    गोली चलाउने दुई जना स्कुटरमा सँगै आएका थिए । दिउँसो २ बजे उनीहरूले गोली हानेर सुखदेवको हत्या गरेर भाग्न सफल भए । प्रहरीले सिसिटिभी फुटेजमा हत्यारा स्पष्ट देखिएकाले उनीहरूलाई छिटै पक्राउ गरी हत्याको कारण खुलासा गर्ने जनाएको छ । 

    सुखदेव सिंह गोगामेडीको दिउँसै हत्या भएपछि राजपूत समुदाय आक्रोशित भएको छ । उनको घर र अस्पतालमा मानिसको भीड लागेको छ । 

  • सम्बन्धित विषय:

  • # राजस्थान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology