Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

साहित्यकार तेराखको निधन 

साहित्यकार तेराखको निधन 

  • 1.3K
    SHARES
  • साहित्यकार तेराखको निधन 

    काठमाडौं । झापा धुलाबारीका साहित्यकार तेजराज खतिवडाको निधन भएको छ । विराटनगरको विराट नर्सिङ होममा उपचारत उनी श्वास प्रश्वास, फोक्सो र ढाडको समस्याबाट ग्रसित थिए । 

    आइतबार अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा बुधबार दिउँसो १:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    साहित्यमा ‘तेराख’ नामले चिनिएको उनले नेपाली आख्यान,कविता र पत्रकारिताका क्षेत्रमा योगदान पुर्याएका छन् । अस्पताल भर्ना हुनु अघिसम्म तेराख साहित्य सिर्जनामा सक्रिय थिए ।

    उनको निधनले नेपाली साहित्य क्षेत्रमा क्षति पुगेको र झापाली साहित्य क्षेत्रले एक अभिभावक गुमाएको झापाका साहित्यकारहरुले बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij