Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

‘जनताको सुझाव लिन संकल्प यात्रा’

‘जनताको सुझाव लिन संकल्प यात्रा’

  • 205
    SHARES
  • ‘जनताको सुझाव लिन संकल्प यात्रा’

    रेसुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सुझाव लिन संकल्प यात्रा गरेको बताए । यही मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए ।

    समृद्धिका लागि संकल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ ।

    जसअन्तर्गत गुल्मीको वामीटक्सार आइपुग्नुभएका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न संकल्प यात्रा चलाइरहेको बताए ।

    उनले भने, ‘हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ । एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन ।’

    लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताए । आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।

  • सम्बन्धित विषय:

  • # जनता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij