वेबटिभी खबर
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी पुगेका छन । धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन ।
प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग भेटघाट गरेका छन । भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री दाहाल कैलालीको धनगढी उपमहानगरपालिका-१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन । सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij