Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

  • 806
    SHARES
  • सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार चितवन जिल्लाको कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नवनिर्मीत विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन गरेका छन् ।

    उक्त केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल परिचालित भएका विभिन्न विपद्जन्य अवस्थामा प्रयोग भएका र हुनसक्ने उपकरणहरुको विवरण सहितको भण्डारण, जानकारी तथा प्रदर्शनी, विभिन्न उद्वारका घटनाहरुको श्रव्यदृष्यसहितको विस्तृत अभिलेख राखिने  छ ।

    महानिरीक्षक खनालले विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको निर्माणले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन गरेका कार्यहरुको अभिलेखिकरण व्यवस्थित हुने बताए ।

    apf.jpg
    त्यसैगरी विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले प्राप्त गरेको उपलव्धी, प्रयोगमा ल्याएको विभिन्न उपकरणबारे जान्न पनि सहयोग पुग्ने उनले उल्लेख गरे ।

    सशस्त्र प्रहरीले अबलम्बन गरेको अल्पकालिन तथा दिर्घकालिन नीति अनुसार देशको विभिन्न भागमा हुनसक्ने जुनसुकै विपद्जन्य घटनाहरुमा शिघ्र एवं प्रभावकारी उद्वारको लागि दक्ष जनशक्ति उत्पादन एवं परिचालन गर्ने कार्यमा शिक्षालयले पुर्‍याएको योगदानको उनले प्रशंसा गरे ।

    उनले नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्वारमा उच्च मनोवलकासाथ जुट्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, सो शिक्षालयका समादेशक, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष, समाजसेवी, स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij