Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

समृद्धिको सपना साकार पार्न एमालेको संकल्प यात्रा

समृद्धिको सपना साकार पार्न एमालेको संकल्प यात्रा

  • 204
    SHARES
  • समृद्धिको सपना साकार पार्न एमालेको संकल्प यात्रा

    गोरखा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले संकल्प यात्रा थालेको बताएका छन् ।

    झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्र्तगत गोरखाको पालुङटारमा आज आयोजित कोणसभामा उनले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताए ।

    उनले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यकपर्ने समेत दाबी गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औँल्याए ।

    अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij