Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • 605
    SHARES
  • पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन । निरन्तर भइरहेको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । 

    पहिरोले ढाकेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो । लगातार परेको पानीले राति नै त्यस क्षेत्रमा पहिरो गएको हो । पहिरो झर्ने क्रम जारी नै रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij