Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जब गाँजा बोकेको कारमा आगो लाग्यो

जब गाँजा बोकेको कारमा आगो लाग्यो

  • 228
    SHARES
  • जब गाँजा बोकेको कारमा आगो लाग्यो

    नयाँ दिल्ली । भारतकाे उत्तर प्रदेश राज्यमा पर्ने कानपुर जिल्लामा एउटा कार गुड्दा गुड्दै आगलागी भयो । कारमा दुई पुरुष र दुई महिला थिए । धुँवा निस्कन थालेपछि कार रोकेर उत्रेका युवकले आगो निभाउन स्थानीयसँग मद्दत मागे । 

    आगो निभाएपछि कारको अघिल्लो भागबाट धुँवा निस्केकाले कसरी आगलागी भयो भनेर हेर्नका लागि स्थानीयले खोल्न भन्दा युवकले मानेनन् । कुनै हालतमा कारको अघिल्लो भाग खोल्न नमान्ने कारमा सवार युवायुवतीको गतिविधि शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

    प्रहरी आएर अघिल्लो भाग खोल्दा त्यहाँबाट १५ किलो गाँजा राखिएकाे भेटियाे । तीन वटा झोलामा कारको अघिल्लो भागमा राखेर लुकाइ लैजाँदै गरेको गाँजा भेटिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको छ ।

    उनीहरूले चलाएको कार पनि नक्कली नम्बर प्लेटको भएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा बोकेको कारमा सवार चारै जनालाई पक्राउगरी अनुसन्धान सुरु गरेको छ । 

  • सम्बन्धित विषय:

  • # गाँजा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij