Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मृतअवस्थामा हात्ती फेला

मृतअवस्थामा हात्ती फेला

  • 135
    SHARES
  • मृतअवस्थामा हात्ती फेला

    झापा । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा आज जंगली हात्ती मृतअवस्थामा फेला परेको छ ।

    सो स्थानमा भाले हात्ती मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको रिजालले बताए ।

    हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन ।

    झापामा चालु आर्थिक वर्षमा योसहित दुई वटा हात्ती मृत फेला परिसकेका छन । हात्तीको आक्रमणमा परी हालसम्म दुई जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # हात्ती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij