Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

‘चुनावको होइन देशको चिन्ता गरौँ’

‘चुनावको होइन देशको चिन्ता गरौँ’

  • 179
    SHARES
  • ‘चुनावको होइन देशको चिन्ता गरौँ’

    गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् ।

    कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बाग्लुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याए ।

    उनले भने, ‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ? २०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।’

    उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले बताए ।

    उनले भने, ‘देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन । अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।’ उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij