Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सोमालियाका ६० लाख मानिस भाेकमरीकाे चपेटामा

सोमालियाका ६० लाख मानिस भाेकमरीकाे चपेटामा

  • 674
    SHARES
  • सोमालियाका ६० लाख मानिस भाेकमरीकाे चपेटामा

    मोगादिसु । सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्र संघले सहयोगको अपिल गरेको छ । त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको छ ।

    जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएको सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ ।

    मानवीयतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौं लाख मानिस विस्थापित पनि भएका छन् ।

    यो वर्ष नै अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो । यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन् ।

    मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्र संघीय कार्यालय ९ओसिएचए० का सोमालियाका संयोजक आदम अब्देलमौलाका अनुसार यहाँका कम्तीमा पनि ५० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाएका छन् । 

    सोमालियाको सरकारले गत अप्रिलमा संयुक्त राष्ट्र संघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो ।

    सोही कारण संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij