Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जीप दुर्घटना हुँदा १३ जना घाइते

जीप दुर्घटना हुँदा १३ जना घाइते

  • 217
    SHARES
  • जीप दुर्घटना हुँदा १३ जना घाइते

    अछाम । अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन । मंगलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जीप दुर्घटना भएको हो ।

    हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जीप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन ।

    घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij