Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भासियो कमला नदीको पुल

भासियो कमला नदीको पुल

  • 724
    SHARES
  • भासियो कमला नदीको पुल

    जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ । 

    सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ ।

    २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । 

    सो कम्पनीले समयमा पुल निर्माण  नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही  असार १३ गते निर्माण  सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij