Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पाकिस्तानमा टिकटकले ६० लाखबढी भिडियो हटायो 

पाकिस्तानमा टिकटकले ६० लाखबढी भिडियो हटायो 

  • 1.1K
    SHARES
  • पाकिस्तानमा टिकटकले ६० लाखबढी भिडियो हटायो 

    इस्लामाबाद । पाकिस्तानी युवाहरुबीच लोकप्रिय चिनियाँ स्वामित्व रहेको भिडियो एप टिकटकमा अश्लील सामाग्री भेटेपछि अधिकारीहरुले दुईपटक बन्द गरिसकेका छन् । पछिल्लोपटक त्यहाँ मार्च महिनामा टिकटक बन्द गरिएको थियो ।

    images

    कम्पनीले सीमित भिडियोहरु अपलोड हुने आश्वासन दिएपछि पाकिस्तानी अधिकारीहरुले पुनः सञ्चालनका लागि स्वीकृति दिएका थिए । १ जुलाईमा जारी पाकिस्तानको टिकटकसम्बन्धी रिपोर्टमा टिकटकले ६४ लाख ९५ हजार ९ सय ९२ भिडियो डिलिट गरेको छ ।

    अमेरिकापछि सबैभन्दा धेरै भिडियो हटाएको दोस्रो देश पाकिस्तान बनेको छ । अमेरिकामा ८५ लाख ४० हजार ९९ भिडियो असमाजिक भन्दै टिकटकले हटाएको छ ।

    हटाइएका भिडियोहरु करिब १५ प्रतिशत अश्लील, नग्न र यौन गतिविधिलाई बढावा दिने खालका थिए । पाकिस्तानमा बनेका यस्तै भिडियोहरु प्रयोगकर्ता र सरकारको अनुरोधपछि प्रतिबन्ध गरिएको थियो ।

    पाकिस्तानमा छोटा कपडा लगाएर भिडियो बनाउन पनि राम्रो मानिदैँन । यस महिनाको सुरूमा समलिंगी भिडियो प्रसारण गरेपछि यसका विरुद्ध प्रदर्शन नै गरिएको थियो । 

    टिकटकले गोपनीयता नीति फेर्यो  टिकटकले गोपनीयता नीति फेर्यो  पाकिस्तानमा टिकटकमाथि पुनः प्रतिबन्ध पाकिस्तानमा टिकटकमाथि पुनः प्रतिबन्ध

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology