Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सात वर्षअघि भएको हत्याका अरोपी पक्राउ 

सात वर्षअघि भएको हत्याका अरोपी पक्राउ 

  • 174
    SHARES
  • सात वर्षअघि भएको हत्याका अरोपी पक्राउ 

    काठमाडौं । काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरि फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

    २०७४ पुष ३० गते काठमाडौंको बल्खु भुवनेश्वर मन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका बर्ष ४६ को शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

    अधिकारी भने यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

    प्रहरीका अनुसार मृतक अप्सरासँगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्या गरेका थिए । हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केही नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फरार रहेका विश्वकर्मालाई बुधबार नेपाल फर्कने सूचना पाएर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको राठौरले बताए ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij