वेबटिभी खबर
काठमाडौं । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-८ कोशीपलार इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अबस्थामा उक्त गाँजा बिओपी बर्साइनले बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक अनुसन्धान र कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरी जिल्लाकै कञ्जनरूप नगरपालिका २ बरमझियास्थित पूर्वपश्चिम लोकमार्गबाट बुधबार सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलमा हिँडेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८ वर्षीय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका राईलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।
रौतहटबाट १३ लाखभन्दा बढीको लत्ताकपडा बरामद
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एक घरबाट सशस्त्र प्रहरीले बुधबार १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सुरक्षा वेश सन्तपुर र गौर भन्सार कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले वेवारिसे अवस्थामा १२ बोरा बिभिन्न किसिमका लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij