वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको पुस ७ गते शनिबार काठमाडौंमा हुने बाग्मती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
कांग्रेस बाग्मती प्रदेश समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बाग्मती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए ।
सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ सम्मेलनमा बाग्मती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बाग्मती प्रदेशका संघीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बाग्मती प्रदेशका ११९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij